१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


प्रदेश नम्बर २ को प्रदेशसभा बैठकका लागि ‘चिरिच्याट्ट’ हुँदैछन् भवनहरु (भिडियो)


0
Shares

जनकपुरस्थित जिल्ला शिक्षा कार्यालय, धनुषाको प्राङ्गणमा रहेको शैक्षिक तालिम केन्द्रमा प्रदेशसभाको पहिलो बैठक बस्दैछ । बैठकको तयारी तीव्ररुपमा भइरहेको छ ।

जनकपुरस्थित जिल्ला शिक्षा कार्यालयको शैक्षिक तालिम केन्द्रमा प्रदेश नं २ को प्रदेश सभाको पहिलो बैठक बस्दैछ ।

यही माघ २१ गते बिहान ११ बजे बस्न लागेको उक्त बैठकका लागि सभाहलभित्र फर्निचर तथा सजावटको काम जारी छ ।

गत माघ ७ गते प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभा सदस्यलाई जनकपुर उद्योग वाणिज्य संघको राजर्षिजनक सभागृहमा शपथ ग्रहण गराएका थिए ।

बैठक भवन वरिपरिका भवनलाई नयाँ रुप दिन कामदार निकै व्यस्त देखिन्छन् । प्रदेश सभाको बैठकका लागि तालीम केन्द्रलाई तीव्रताका साथ बेहुलीलाई झैँ श्रृङ्गार गरिँदैछ ।

डिभिजन कार्यालयका प्रमुख गंगाप्रसाद यादवले प्रदेशसभा प्रमुख, मुख्यमन्त्रीको आवास, प्रदेशसभा बैठक कक्ष सहितको व्यवस्थापन कार्य भइरहेको बताए ।

शिक्षासम्बन्धी कुनै तालिम, गोष्ठी वा कार्यक्रम हुँदा मात्रै चहलपहल हुने उक्त स्थानमा अहिले कामको चापको कारण कामदार बिहानैदेखि व्यस्त देखिन्छन् ।

जनकपुर उपमहानगरपालिकाको कुवारामपुरस्थित शैक्षिक तालिम केन्द्रको रुप नै परिवर्तन गरिँदैछ ।

भवनहरु रंगरोगन गर्ने काम, आवश्यक फर्निचर व्यवस्थापन, मर्मतसम्भार र सरसफाइका कारण रुप पहिलेको भन्दा फरक देखिएको हो ।

बैठकका लागि भवन रंगाउने काम, आवश्यक फर्निचर व्यवस्थापन, मर्मतसम्भार, सरसफाइको तदारुकताका साथ भइरहेको छ ।

शहरी तथा भवन निर्माण डिभिजन कार्यालय जनकपुरका अनुसार प्रदेश सभा बैठकका लागि आवश्यक तयारी तीव्र गतिमा भइरहेको छ ।

शैक्षिक तालीम केन्द्रभित्र सभाकक्षको मर्मतसम्भार, फर्निचर र भौतिक सामग्रीको व्यवस्थापन कार्य भइरहेको छ ।

जनकपुर चुरोट कारखाना लिमिटेडको कभर्ड हललाई स्थायी रुपमा प्रदेश सभा भवनका रुपमा प्रयोग गर्ने सरकारको तयारी छ ।

मुख्यमन्त्रीको कार्यालय तथा मुख्यमन्त्री निवास भने शैक्षिक तालिम केन्द्रकै परिसरमा रहेको जिल्ला शिक्षा कार्यालय भवनमा व्यवस्थापन गरिने भएको छ ।

स्थानीय स्तरबाट भएको सिफा र हाल भइरहेको तयारीका आधारमा प्रदेश सरकारको मातहतमा रहने सबै मन्त्रालय, प्रदेश सभा भवन तथा मुख्य मन्त्रीको कार्यालय एउटै कम्पाउण्डभित्र रहनेछन् ।

प्रदेश प्रमुखको कार्यालय र निवास भने जचुकालीको निवास क्षेत्रमै व्यवस्थापन गरिसकिएको छ ।

प्रदेश प्रमुखको कार्यालय प्रदेश प्रहरी प्रमुखको कार्यालय अगाडि रहेको नेपाल राष्ट्रबैंकको अतिथि गृहमा राख्ने तयारी छ ।

(भिडियो)