
शव दाहगृहको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शिलान्यास गरे ।
उदय समाजले निर्माणा गर्न थालेको यो शव दाहगृहमा दाउराको प्रयोग कम गरेरै पनि छोटो समयमा शव जलाउन सकिने छ ।
शव दाहगृहको शिलान्यासपछि मेयर शाक्यले यसलाई महानगरपालिकाले सहयोग गर्ने आश्वासन दिए ।
शव दाहगृह सञ्चालनमा आएपछि वातावरण प्रदूषण र दुर्गन्ध नियन्त्रणमा सहयोग पुग्ने बताइएको छ ।
शव दाहगृह पिलर सिस्टमबाट निर्माण गरिने उदय समाजका प्रचार सचिव सुगतरत्न सिन्दुराकारले बताए ।
प्रतिक्रिया दिनुहोस्