
पोखरामा आइतबार कार्यकर्ता भेटघाट गर्दै नेता सिंहले वर्तमान नेतृत्व असफल भएकाले अब पार्टीको नेतृत्व आफूले लिने बताएका हुन् । उनले विधानअनुसार पार्टी चलाउन आग्रह गर्दा उल्टै विखण्डन ल्याउन खोजेको आरोप आफूमाथि लगाइने गरेको गुनासोसमेत गरे ।
नेता सिंहले देशको संघीय संरचनाअनुसार पार्टीको विधान परिवर्तन गरी सोहीअनुसारको संगठन विस्तार गर्नु जरुरी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्