काठमाडौं, मंसिर २१ । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकका विषयमा शुक्रबार संशोधनकर्ता सांसद र सरोकारवालाहरुसँग छलफल गरेको छ ।
समितिमा संशोधन दर्ता गराएका महिला सांसदहरुले वंशजको आधारमा आमाको नामबाट पनि नागरिकता पाउने विषयलाई प्रस्टरुपमा उल्लेख गर्नुपर्ने बताएका छन् ।
बुवाको परिचय नखुलेका आमाबाट जन्मिने सन्तानलाई पनि आमाको नामबाट वंशजकै नागरिकता पाउने व्यवस्था गर्न माग गरिएको हो ।
सांसदहरुले सार्क क्षत्रेमा बस्ने गैरआवासीय नेपालीहरुलाईमात्रै दाहोरो नागरिकतको सुविधा रहेको भन्दै विश्वभर रहेकालाई त्यस्तो सविधा दिन पनि भनेका छन् ।
आवेदन दिएको सात दिनभित्र नागरिकता दिने व्यवस्था गर्नुपर्ने भन्दै सांसदहरुले त्यसो नभए सम्बन्धित अधिकारीलाई कारबाहीको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
बैठकमा उपस्थित तेस्रोलिंगीहरुले भने नागरिकतामा ‘अन्य’ नलेखी आफूहरुले दिएको पहिचान उल्लेख गर्नुपर्ने माग गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्