२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


चिसो मौसममा पनि मुस्ताङका मजदुर गिटी कुट्न बाध्य


0
Shares

हिउँदका तीन महिना मुस्ताङका अधिकांश गतिविधि ठप्प हुँदा अरु काम नपाइने भएपछि जिविकोपार्जनका लागि गिटी खोज्न बाध्य हुनुपरेको मजदुरहरु बताउँछन् ।

वर्षायामको समयमा खेती–किसानी लगायत बिकास तथा पूर्वाधार निर्माणका प्रशस्तै काम पाईने भए पनि हिउँदमा केही काम नपाउने गरेकाले आफूहरु गिटी कुट्न बाध्य भएको उनीहरु बताउँछन् ।

जोमसोम बजारदेखि नजिकैको ठूलो पहाडको खोंचमा उनीहरु दैनिक गिटी कुटिरहेका भेटिन्छन् ।

चिसोका कारण विद्यालय बन्द हुँदा बालबालिकासमेत यही काममा सक्रिय हुने गरेका छन् ।