Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


सामुदायिक वनको काठ दुरुपयोगमा सशस्त्रका डीएसपी भण्डारीविरुद्ध मुद्दा


0
Shares

काठमाडौं, मंसिर २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल संखुवासभामा कार्यरत् सशस्त्र प्रहरी नायब उपरीक्षक रामप्रसाद भण्डारीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगकाअनुसार सामुदायिक वनको काठ दुरुपयोग गरी बेचेको अभियोगमा रु एक लाख चार हजार १३६ बराबरको विगोसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

आयोगकाअनुसार बिनाइजाजत सरकारी सवारी–साधनको प्रयोग गरी अन्दाजी १०० क्युफिट बराबरको १८४ थान सालको चिरान काठ प्रहरी नायब उपरीक्षक भण्डारीले अरुण गुल्मको भौतिक संचरना निर्माणका लागि भन्दै स्थानीय आहाले सिस्ने सामुदायिक वनबाट प्राप्त गरेको देखिएको छ ।

गुल्मको भौतिक संरचना निर्माण गर्न उपलब्ध गराएको काठ धरान पठाइ सरकारी सम्पत्तिको दुरुपयोग गरेको पाइएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । रासस