Logo २९ असार २०८३, सोमबार | Tue Jul 14 2026


सरकारले मुलुकमा धार्मिक द्वन्द्व निम्त्याउन खोज्योः नेता सिंह


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले मुलुकमा धार्मिक द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर–८ का तत्कालीन सभापति जुद्धरत्न बज्राचार्यको बार्षिक स्मृति दिवसको अवसरमा आज काठमाडौंमा गरिएको कार्यक्रममा नेता सिंहले सरकारले शान्तितर्फ उन्मुख मुलुकलाई पुनः द्वन्द्वतर्फ धकेल्न खोजेको आरोप लगाएका हुन् ।

क्रिश्चियन धर्मको प्रचार गरेर विश्व समुदायमा सरकारले आफ्नो हैसियत देखाएको उनको भनाइ थियो ।

उनले भोलिका दिनमा सरकार अन्य धार्मिक संघसंस्थाको आयोजक बन्ने की नबन्ने भन्ने प्रश्न चिन्ह खडा भएको बताए ।

कार्यक्रममा कांग्रेसका नेता नविन्द्रराज जोशीले सरकारले जनताबीच लाचारी देखाएको आरोप लगाए ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सरकारले मुलुककै बेइज्जत गरेको भन्दै जोशीले निरंकुश शैलीमा चल्न खोजेको सरकारलाई नेपाली कांग्रेसले लगाम लगाउने बताए ।

अन्य नेताहरुले भने नेपाली कांग्रेसको संगठन विस्तारमा जुद्धरत्न बज्राचार्यको योगदानको बारेमा चर्चा गरेका थिए ।