२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कैलालीमा निकासी कर असुलीमा ठेकेदार कम्पनीको मनोमानी


0
Shares

चालु आर्थिक वर्षमा बेजिल्ला निकासी करका लागि गरुड कन्सट्रक्सनले १ करोड २० लाख ९१ हजारमा ठेक्का सम्झौता गरेर कर असुली गरिरहेको हो ।

जिल्लाभित्र उत्पादन भै अरु जिल्लामा निकासी गरिने बस्तुलाई बेजिल्ला निकासी भन्ने गरिन्छ । त्यसका लागि जिल्ला समन्वय समितिले बस्तु अनुसार रकम निर्धारण गर्दछ ।

तर ठेकेदार कम्पनीले प्रतिट्रिपर भ्याटसहित ५ सय ६५ पर्ने बस्तुलाई भ्याट रकम उल्लेख नगरिकनै ७ सय रुपैयाँ र २ सय ५० रुपैयाँ पर्ने ट्याक्टरबाट ४ सय रुपैयाँको रसिद कटाएको सुरज कन्स्ट्रक्सनका सुरज गिरिले बताए ।

जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्य थापाले अहिलेसम्म ठेकेदारहरुले मनोमानी रुपमा कर असुलेको थाहा नपाएको भन्दैअब अनुगमन गरी गलत भेटिए कारवाही गरिने बताए ।