१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


संसद भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) मर्मतका लागि चिनियाँ टोली आयो, संसद बैठक कहाँ राख्ने ?


0
Shares

चिनियाँ प्राविधिक टोली आएपछि संसद् सचिवालय र सहरी विकास मन्त्रालय अलमलमा परेका छन् ।

तत्कालीन राजा वीरेन्द्र शाहको आग्रहमा चीन सरकारले ०४८ सालमा निर्माण गरेको केन्द्रमा ०६४ देखि संविधानसभाको बैठक बस्दै आएको छ । भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत चीनले केन्द्रलगायत आफूले निर्माण गरेका संरचनाको पुनर्निर्माण र मर्मत गर्न टोली खटाएको छ ।

टोलीले केन्द्र मर्मतका लागि दुई वर्ष समय मागेको छ । चीन सरकारले आफूले निर्माण गरेका संरचनाको निर्माणका लागि बजेट र योजना रहेको भन्दै अहिले मर्मत गर्न नपाए ‘पछि सम्भव’ नहुने जवाफ संसद् सचिवालय र सहरी विकासलाई दिएको छ ।

‘मर्मतका लागि दुई वर्ष समय मागेपछि हामी अप्ठ्यारोमा छौं’, संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले भने, ‘एकातिर संसद् सञ्चालन गर्नुपर्ने छ भने अर्कोतिर मर्मतको कुरा पनि उत्तिकै महत्वपूर्ण छ। के गर्ने नगर्ने अन्योलमा छौं ।’

चिनियाँ प्राविधिकले सम्मेलन केन्द्र मर्मत गरे नयाँ जत्तिकै बलियो र टिकाउ हुने बताएका छन् । चिनियाँ टोलीले नयाँ संरचना निर्माणमा र मर्मतमा बराबर रकम लाग्ने बताएको संसद् सचिवालयका अधिकारी बताउँछन् ।

चीनले सम्मेलन केन्द्र, रंगशाला, सातदोबाटोस्थित पौडी पोखरीलगायत संरचनाको मर्मत र पुनर्निर्माण गर्न ९ अर्ब रुपैयाँ छुट्याएर प्राविधिक टोली पठाएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट