१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


तेह्रथुमको मादी मूलखर्क प्रहरी चौकीको भवन जीर्ण


0
Shares

तेह्रथुम । संखुवासभाको मादी नगरपालिका–१ स्थित चौकीबजारमा रहेको मादी मूलखर्क प्रहरी चौकीको भवन जीर्ण बनेको छ ।

भाडाको घरमा बस्दै आएको प्रहरी चौकी भूकम्पका कारण भत्किए पनि निर्माणमा कसैले चासो नदेखाउँदा जीर्ण बनेको हो ।

यही जीर्ण भवनमा बसेर प्रहरीले असुरक्षित रुपमा काम गर्नुपरेको छ । प्रहरी चौकीको आफ्नो भवन भने द्वन्द्वकालमा तत्कालिन माओवादीले ध्वस्त पारेका थिए ।

तेह्रथुम र संखुवासभाको सीमा क्षेत्रमा रहेको प्रहरी चौकीमा दरबन्दी अनुसारका प्रहरी समेत छैनन् । चौकीमा ४ जना मात्रै प्रहरी बस्ने गरेका छन् ।

प्रहरी चौकी भवन निर्माण गर्न स्थानीयबासीले बजार नजिकै जग्गा समेत उपलब्ध गराएका छन् तर बजेट अभावले भवन निर्माणका लागि काम सुरु हुन नसकेको स्थानीयबासी उदयकुमार तामाङले बताए ।