
साबिक भगवती–७, घट्टका पदमबहादुर कार्कीले १४ किलो ५०० ग्राम तौल भएको काउली फलाएका हुन् । कार्कीले उत्पादन गरेको काउली मंगलबार तौलिंदा १४ किलो ५०० ग्राम तौल पाइएको स्थानीयवासी दलबहादुर कार्कीले बताए ।
कार्कीले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । उनले उत्पादन गरेको तरकारी भगवतीमै खपत हुने गरेको छ । उनले मिहेनत र पौरख गर्न सकेमा कृषि पेशामा राम्रो सम्भावना भएको सन्देश प्रवाह गराउन सफल भएको वडा अध्यक्ष रिम कटुवालले बताए ।
भगवतीका कृषकलाई समेटेर व्यावसायिक बनाउन र उत्पादनको बजारीकरणका लागि वडाले सहयोग गर्ने सोच बनाएको अध्यक्ष कटुवालले बताए । (रासस)
प्रतिक्रिया दिनुहोस्