Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


सी–आस्वा रजिष्ट्रेसन नम्बर लिइ अनलाइन वा सी–आस्वा फारम भरेर आवेदन दिन सकिने


0
Shares

बोर्डले सेयर आवेदन दिँदा सर्वसाधारणमा अनलाइनमार्फतमात्र भनुपर्ने भन्ने भ्रम परेको भन्दै यस विषयमा प्रस्ट पारेको हो ।

यसभन्दाअगाडि आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुले आ–आफ्नो सफ्टवेयरबाट छुट्टाछुट्टैरुपमा आस्वामार्फत् आवेदन गर्ने व्यवस्था गरिरहेकामा हाल सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट एकीकृत सफ्टवेयर तयार गरी सी–आस्वा प्रणालीमार्फत् आवेदन दिने व्यवस्था गरिएको हो ।

यसबमोजिम लगानीकर्ताहरुले आवेदन गर्दा आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट अनिवार्यरुपमा सी–आस्वा रजिष्ट्रेसन नम्बर लिनुपर्ने व्यवस्था गरिएको छ ।

उक्त नम्बर लिइ लगानीकर्ताले स्वयं आफैं अनलाइनमार्फत् आवेदन दिनसक्ने र अनलाइनमार्फत् आवेदन दिन नसक्ने लगानीकर्ताको हकमा आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा गएर सी–आस्वा फारम भरी आवेदन बराबरको रकम रोक्का राखी यस प्रणालीमार्फत् आवेदन गर्नसक्ने व्यवस्था गरिएकोे छ ।