३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ विभिन्न विद्यालयमा प्रदर्शन


0
Shares

प्रदर्शनीको तयारीमा रहेको यस चलचित्रमा यसराज कार्की, हिसिला महर्जन (राजमति), मनिराज लवत, मदनदास श्रेष्ठ, अञ्जला नकर्मी, सुशील राजोपाध्याय, सञ्जय शर्मा राजोपाध्याय, मञ्जु श्रेष्ठलगायत कलाकारको मुख्य अभिनाय रहेको छ ।

प्रदीप खड्गीको निर्देशनमा बनेको यस चलचित्रमा नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमणको समयमा अपनाएका विभिन्न युद्धशैली समेटिएको छ ।

फोकस पिक्चर्सको ब्यानरमा निर्माण गरिएको फिल्म ‘कीर्तिपुर’को कुल अंशमध्येको ९० प्रतिशत एनिमेटड रहेको छ ।

म्हसिका एजुकेसन एन्ड इन्टरटेन्मेन्टको आयोजनामा गरिएको उक्त चलचित्र प्रदर्शनीमा ललितपुरमा रहेका डिलाइ, श्रीज्ञान मन्दिर, ग्य्रान्ड एकेडेमी, माइलस्टोन, सगरमाथालगायत विद्यालयका विद्यार्थीका साथै शिक्षक–शिक्षिकाको पनि उपस्थिति थियो ।

विद्यार्थीले आफ्नो पाठ्यक्रममा नै उक्त लडाइँको विषयमा पढ्नुपर्ने भएकाले सर्वप्रथम स्कुलका विद्यार्थीहरुमाझ चलचित्र प्रदर्शन गरिएको आयोजकले जानकारी दिए ।

युद्धको समयमा के–कस्तो शैलीहरु अपनाइयो ? के–कस्ता घटनाहरु घटे ? भन्ने आधारमा चलचित्र तयार पारिएको जनाइएको छ ।

विद्यालयको पाठ्यक्रममा नै रहेको इतिहासलाई विद्यार्थीहरुले पढ्दै आएका थिए भने चलचित्रकोरुपमा हेर्न र बुझ्न पाउँदा विद्यार्थीहरु रमाएका थिए । शिक्षक–शिक्षिकाहरुले पनि यस्तो चलचित्रले विद्यार्थीहरुलाई इतिहासको विषयमा बुझाउन सहयोग पुग्ने बताए ।

चलचित्र प्रदर्शनपश्चात् गरिएको अन्तरक्रिया कार्यक्रममा निर्देशक प्रदीप खड्गीले विद्यार्थीहरुको प्रश्नको उत्तर दिएका थिए ।