
गत साउनदेखि पुस मसान्तसम्म ५ करोड ९३ लाख ५७ हजार राजस्व संकलन भएको जिल्ला भन्सार कार्यालय मलंगवाका प्रमुख जगदिशकुमार पूर्बेले जानकारी दिए ।
उनका अनुसार ६ महिनामा ८ करोड ११ लाख ३८ हजार राजस्व उठाउने लक्ष्य लिएकोमा ७३ दशमलव १५ प्रतिशत मात्र राजस्व संकलन भएको हो ।
मधेस आन्दोलनमा बेला अन्य नाका प्रयोग गरेका व्यापारीले पुनः जिल्लाकै नाका प्रयोग नगर्नु, कर्मचारीको अभावमा खुल्ला नाकामा भैरहेको तस्करी नियन्त्रण गर्न नसक्नु र भारतमा नयाँ कर प्रणाली (जिएसटी) लागु भएकाले राजस्वमा कमी आएको भन्सार प्रमुख पूर्बेले बताए ।
सीमा नाकामा रहेका केही छोटी भन्सार कार्यालय बन्द हुँदा अनुसार राजस्व संकलन हुन सकेको छैन ।
सर्लाहीमा हाल मलंगवामा जिल्ला भन्सार तथा बलरा र त्रिभुवन–नगरमा छोटी भन्सार कार्यालय सञ्चालनमा छन् ।
प्रतिक्रिया दिनुहोस्