पोखरा, मंसिर २० । गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले तराई र हिमाली भेगको सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले नागरिकता लिन निकै चुनौती सामना गर्नुपरिरहेको बताएका छन् ।
बिहीबार पोखरामा आयोजित एक कार्यक्रममा उनले राजनीतिक नेतृत्वको आडमा केही दलले नै नागरिकता वितरणमा अनावश्यक चासो लिँदा आमनागरिकलाई समस्या भएको जिकिर गरे ।
मुख्यमन्त्री गुरुङले नागरिकतामार्फत् राजनीतिक, आर्थिक, सामाजिक, लैंगिक स्वार्थ लिन खोज्दा कठिनाइ आएको उल्लेख गरे ।
नागरिकता तथा व्यक्तिगत घटना दर्तासम्बन्धी सो प्रशिक्षण कार्यक्रम तीन दिनसम्म चल्नेछ ।
प्रशिक्षणमा गन्डकी प्रदेशका ११ जिल्लामध्ये मुस्ताङबाहेक सम्बन्धित जिल्लाका सरोकारवालाको सहभागिता रहेको छ ।








प्रतिक्रिया दिनुहोस्