२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


‘मेरो सेयर’ प्रयोग नगर्दैमा सी–आस्वा सेवाबाट लगानीकर्ता बन्चित नहुने


0
Shares

सीडीएससीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी सी–आस्वाबाट आवेदन गर्नकै लागि ‘मेरो सेयर’ आवश्यक नरहेको र सो सेवाका लागि थप शुल्क पनि नलाग्ने जनाएको हो ।

सी–आस्वा सेवा आस्वा सेवा प्रदायक बैंक तथा वित्तीय संस्थालाईमात्र अनिवार्य गरिएको पनि सीडीएससीले जनाएको छ ।

अरु लगानीकर्ताहरुले पहिलेजस्तै नै आस्वा सेवा प्रदायक बैंक तथा वित्तीय संस्थामा गएर आवेदन दिनसक्ने प्रावधान यथावत् रहेको जनाइएको छ ।

सी–आस्वा सेवा अनिवार्य भएपछि लगानीकर्ताले आफ्नो खाता भएको बैंकबाट सीआरएन नम्बर भने लिनुपर्ने सीडीएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले बताए ।

बैंकबाट सीआरएन नम्बर लिन लगानीकर्ताले छुट्टै शुल्क तिर्नु नपर्ने तर घरबाटै अनलाइन आवेदन दिन सीडीएससीले उपलब्ध गराएको मेरो सेयरको सुविधा लिन भने वार्षिक ५० रुपैयाँ शुल्क लाग्ने सीडीएससीले स्पस्ट पारेको छ ।

कुनैपनि लगानीकर्ताले मेरो सेयर प्रयोग नगर्दैमा सी–आस्वा सेवा प्रयोग गर्नबाट बन्चित नहुने सीडीएसीले स्पस्ट पारेको छ ।