Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


बेसीशहर महोत्सवको तयारी अन्तिम चरणमा


0
Shares

महोत्सवका लागि बेसीशहर बजारलाई ध्वजापताकाहरुले सजाईएको छ । महोत्सव सफल बनाउनका लागि ३५१ सदस्यीय मूल आयोजक समिति, १३ सदस्यीय कार्यसम्पादन समिति र ३१ वटा उपसमितिमार्फत काम गरिएको छ । महोत्सव आयोजक समितिका संयोजक प्रदिप बस्नेतले तयारी अन्तिम चरणमा पुगेको बताए ।

महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । ‘हाम्रो नगर, राम्रो शहर, स्वच्छ सफा र सुरक्षित बेसीशहर’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा मनोरञ्जनात्मक कार्यक्रमको साथमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शनी, कृषि तथा जडीबुटी प्रदर्शनी, फोटो तथा बृत्तचित्र प्रदर्शनी, परम्परागत खाना उत्सव गरिने भएको छ ।

महोत्सवमा झाँकी तथा ¥याली, मनोरञ्जनात्मक कार्यक्रम, बाल उद्यान, विज्ञान तथा आइटी प्रदर्शनी, पुष्प प्रदर्शनी, आन्तरिक पर्यटन प्याकेज टुर, कार्यशाला गोष्ठी लगायतका कार्यक्रमसमेत राखिएको छ ।