२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


तुषारो र शीतले आलुको बोट मर्न थालेपछि किसान चिन्तित


0
Shares

माघको तेस्रो हप्ता बिते पनि तुषारोले हिउँदे आलुको बोट नै मर्न थालेको र तुषारोले बर्षे आलु उम्रन नसकेपछि कृषक चिन्तित भएका हुन् ।

पाँचथरको अधिकांश स्थानमा कृषकले आलु खेती गर्छन् । आर्थिक वर्ष ०७३/०७४ मा पाँचथरमा २८ हजार ८ सय ४३ मेट्रिकटन आलु खेती गरिएको थियो । जसमध्ये ४ हजार ९ सय ४४ मेट्रिकटन आलु जिल्ला बाहिर निर्यात गरिएको जिल्ला कृषि विकास कार्यालय पाँचथरका बाली संरक्षण अधिकृत सागर बिष्टले जानकारी दिए ।