
जिल्ला कृषि विकास कार्यालयका अनुसार यसवर्ष ४ हजार ५७ मेट्रिक टन मात्रै सुन्तला फल्यो । गत वर्षभन्दा १ हजार ४ सय मेट्रिक टन कम सुन्तला फलेको हो ।
गतवर्ष ५ हजार ४ सय ७३ मेट्रिक टन सुन्तला फलेको थियो ।
फुल्ने र फल लाग्ने सिजनमा रोग लाग्दा यसवर्ष सुन्तला कम फलेको किसानले बताएका छन् । जिल्लामा १ हजार १८ हेक्टर जमिनमा सुन्तला खेती भइरहेको छ ।
तेह्रथुमबाट उत्पादित सुन्तला पूर्वका धरान, इटहरी, विर्तामोड र विराटनगरका बजार हुँदै भारततर्फ निर्यात हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्