नेता पदमा पौडेल र अष्टलक्ष्मी शाक्यबीच प्रतिष्पर्धा भएकामा पौडेलले शाक्यलाई पराजित गरेका हुन् ।
प्रदेश नम्बर ३ मा संसदीय दलको नेता चुन्न ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको मतदानमा पौडेलका पक्षमा ३४ मत पर्यो भने शाक्यले २४ मत पाइन् ।
प्रदेश ३ मा रहेका एमालेका ५८ सांसदमध्ये ३४ मत पौडेलले पाएका हुन् । पौडेल नै अब यस प्रदेशको मूख्यमन्त्री बन्नेछन् ।
नेतामा चुनिएलगत्तै पौडेलले आफ्नो सम्पूर्ण ध्यान विकास र सम्मृद्धिमा केन्द्रित रहने प्रतिक्रिया दिए ।
पौडेलको प्रस्तावकमा केशव स्थापित र समर्थकमा कैलाश ढुंगेल तथा शाक्यको प्रस्तावकमा पशुपति चौलागाईं र समर्थकमा राजेन्द्रमान श्रेष्ठ थिए । पौडेल संस्थापन तथा शाक्य माधव नेपाल पक्षका मानिन्छन् ।









प्रतिक्रिया दिनुहोस्