
संसदीय दलका नेता बन्नका लागि एमालेका सचिवसमेत रहेका नेता भीम आचार्य र पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहेका पूर्वमन्त्री शेरधन राईले शुक्रबार बिहान ११ः३० बजे जिल्ला समन्वय समितिस्थित संसदीय दलको कार्यालयमा मनोनयनपत्र दर्ता गराएका हुन् ।
आचार्यको समर्थक र प्रस्तावकमा गणेश काङवाङ (पाँचथर) र तुलसी न्यौपाने (संखुवासभा) रहेका छन् भने राईको प्रस्ताव र समर्थकमा हिक्मत कार्की (झापा) र जगदीश कुशियत (सुनसरी) रहेका छन् ।
दाबी–विरोधको प्रक्रिया पूरा भएपछि अपराह्न ३ः३० बजेदेखि मतदान हुने नेकपा एमाले मोरङका अध्यक्ष विनोद ढकालले जानकारी दिए ।
प्रदेश नम्बर–१ मा नेकपा एमालेको प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १५ गरी कुल ५१ जना प्रदेशसभा सदस्य छन् । तीमध्ये २६ मत ल्याउने संसदीय दलको नेता हुनेछन् ।
संसदीय दलकै नेता मुख्यमन्त्री हुने सो पार्टीको विधानमा उल्लेख छ । रासस
प्रतिक्रिया दिनुहोस्