
काठमाडौं, मंसिर २० । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण नेपाललाई पारेको असरबारे विश्व समुदायलाई जानकारी गराएको बताएका छन् ।
पोल्यान्डमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिएर बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसित कुरा गर्दै उनले जलवायु परिवर्तनको सबैभन्दा बढी असर गरिब राष्ट्रमा परेकोबारे सम्मेलनमा ध्यानाकर्षण गराएको बताए ।
मन्त्री बस्नेतले ‘प्यारिस सम्झौता’ कार्यान्वयनका लागि विश्व समुदाय एक भएको जानकारीसमेत दिए ।
मन्त्री बस्नेतले सम्मेलनका उपलब्धिहरुलाई सरकारले चाँडै नै कार्यान्वयन गर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्