
शुक्रबार राजधानीमा नेपाल बिल्डन तथा ऊड अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उनले १० वर्षभित्रमा १७ हजार मेगावाट विद्युत् उत्पादन सम्भव भएको दाबी गरे ।
नेपालमा जलविद्युत्बाहेक पूर्वाधार विकास, रेलवे सन्जाल, सडक सन्जाललगायत क्षेत्रमा लगानी बढाउन पनि उनले भारतीय लगानीकर्तालाई आह्वान गरे ।
कार्यक्रममा नेपाल आर्थिक मुद्दातर्फ केन्द्रित भइ अघि बढेकाले नेपालले ७.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको भारतीय राजदूत मन्जिभसिंह पुरीले बताए । उनले ऊर्जा क्षेत्रको विकासमा जोड दिन आग्रह गरे ।
नेपाल र भारतका लगानीकर्ताहरुको करिब २५ बिलियन डलर संयुक्त लगानी सडक, स्वास्थ्यजस्ता क्षेत्रमा रहेको छ ।
भारतीय लगानीकर्ता सडक, स्वास्थ्य क्षेत्रमा अझै लगानी बढाउन इच्छुक रहेको राजदूत पुरीले उल्लेख गरे ।
मिडिया स्पेस सोलुसन्स र फ्युचर ट्रेड फियर एन्ड इभेन्टस्ले आयोजना गरेको चौथो संस्करणको नेपाल बिल्डन ऊड अन्तर्राष्ट्रिय प्रदर्शनीले नेपालको ऊर्जा, सडक र पूर्वाधार विकासमा मद्दत पुर्याउने विश्वास सहभागीहरुको छ ।
प्रदर्शनीमा २२० भन्दा बढी निर्माण कम्पनी, डिलर, सबडिलर र बिक्रेताले निर्माण व्यवसाय एवं काष्ठ व्यवसायसँगसम्बन्धी उत्पादन राखेका छन् ।
प्रदर्शनीमा हेभी इकुप्मेन्ट र प्री–फ्याब्रिकेटेड उत्पादनका उत्पादकहरुको पनि सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्