
शनिबार चितवनको रामनगरमा नेपाल अन्डा उत्पादक संघको अधिवेशन उद्घाटन गर्दै उनले सबै मिलेर देशभित्रको बेतिथि अन्त्य गर्नुपर्ने बताए ।
उनले अब देश निर्माणमा लाग्नुपर्ने भन्दै सबै मिलेरमात्रै देशलाई समृद्ध बनाउन सकिने बताए ।
अध्यक्ष दाहालले पोल्ट्री क्षेत्रको आत्मनिर्भरता सबैका लागि उत्साह र प्रेरणाको स्रोत बनेको बताए ।
राज्यका तर्फबाट पोल्ट्री र समग्र कृषि क्षेत्रमा सोचेअनुरुपको योगदान हुन नसकेको उनले उल्लेख गरे ।
देशमा नीति, नियम र काम गर्ने तरिका किसानलाई उत्साहित र प्रबद्र्धन गर्ने खालको नभएको भन्दै उनले ऐन, नियम र निर्देशिका परिवर्तन गरेर भएपनि किसानलाई सबै कुरामा छुट दिनुपर्ने बताए ।
कृषिको विकासबिना मुलुकको समृद्धि सम्भव नरहेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्