५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


भारतीय बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, तीनजना घाइते


0
Shares

जलेश्वर, मंसिर २० । महोत्तरीको जलेश्वर नगरपालिका–३ मलिवाडामा गएराति बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ । गएराति पौने १० बजे भारतीय नम्बरको बसले चार जना सवार ज६प १६५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा जिल्ला अस्पताल जलेश्वरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार भारतीय नागरिक सोनु ठाकुर, उनकी श्रीमती चुनचुन देवी र भारतकै मेघनाथ ठाकुरको उपचार भइरहेको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ ।

दुर्घटना पश्चात फरार रहेका बस चालकको खोजी भइरहेको प्रहरीको भनाइ छ ।