
मिनेट र घन्टाका हिसाबले होइन दिनको हिसाबले लोडसेडिङ हुन्छ । डोल्पा सदरमुकाम दुनैका बासिन्दा एक दिन विराएर अँध्यारोमा बस्न बाध्य छन् ।
त्यस्तै जुम्लामा दैनिक १४ घन्टा, हुम्लामा १० घन्टा र कालिकोटमा दुई घन्टा लोडसेडिङ हुँदै आएको छ । स्थानीय बासिन्दा राज्यको वेवास्ताले अँध्यारोमा बस्नुपरेको बताउँछन् ।
राष्ट्रिय प्रशारण लाइनबाट वञ्चित
कर्णाली क्षेत्रका पाँच जिल्ला नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसाशरण लाइनसँग जोडिएका छैनन् ।
कर्णाली विकास आयोगले गरेको एक अध्ययनअनुसार स्थानीय बासिन्दाको सक्रियतामा पाँचै जिल्लामा २.४ मेगावाट विद्युत उत्पादन हुन्छ । यी क्षेत्र साना जलविद्युत आयोजना र बैकल्पिक उर्जामै निर्भर छ ।
कुन जिल्लामा कति लोडसेडिङ ?
-जुम्लामा १४ घन्टा लोडसेडिङ, करिब १० हजार घरमा अझै पुगेन विजुली
-डोल्पा सदरमुकाम दुनैमा एक दिन विराएर लोडसेडिङ, उपल्लो डोल्पामा सोलार
-हुम्लामा दैनिक १० घन्टा लोडसेडिङ, चारहजार घर अझै विजुलीविहिन
-कालिकोटमा दैनिक २ घन्टा लोडसेडिङ, ६५ हजार घरमा अझै विजुली पुगेन ।
-नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्