नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री नियुक्तको दाबी गरेका गरेका हुन् ।
प्रदेश नम्बर ३ मा एमाले संसदीय दलका नेता डोरमणि पौडेललाई मुख्य मन्त्री नियुक्त गर्न एमाले र माओवादी केन्द्रका प्रदेश सांसदहरुले प्रदेश प्रमुख अनुराधा कोइरालासमक्ष निवेदन दिएका हुन् ।
प्रदेश ३ मा एमालेको एकल बहुमत भए पनि माओवादी केन्द्रले समेत पौडेललाई समर्थन गरेको छ ।
त्यसैगरी प्रदेश नं. ५ मा पनि एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्य मन्त्री नियुक्त गर्न वामगठबन्धनका तर्फबाट निवेदन दर्ता भएको छ ।
एमाले र माओवादीले बहुमत सांसदको सहमतिसहित प्रदेश प्रमुख उमाकान्त झाको कार्यालयमा पुगेर मुख्यमन्त्रीको दाबी पेश गरेका हुन् ।
एमाले र माओवादीबीच प्रदेश ५ मा पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति चुनाव अघि नै भएको थियो र पोखरेल एमाले संसदीय दलका नेता चयन भइसकेका छन् । प्रदेश ५ मा वाम गठबन्धनको प्रष्ट बहुमत छ ।
बहुमत सांसदको सहमतिसहित मुख्यमन्त्रीको दाबी पेश गरेपछि प्रदेश प्रमुखल नियुक्त गर्नु पर्नेछ ।
प्रदेश प्रमुखहरुले सम्भवतः भोलिसम्म दुवै प्रदेशको मुख्यमन्त्री नियुक्त गर्ने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्