काठमाडौं, मंसिर २० । सरकारले नेपाल वायुसेवा निगमको आर्थिक अवस्था कमजोर भएको भन्दै नयाँ साझेदार भित्र्याउने तयारी गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी निगममा साझेदार भित्र्याउने पक्षमा छन् । अहिले निकै घाटामा रहेको निगमले गत महिनामात्र सरकारसँग २० अर्ब रुपैयाँ माग गरेको थियो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले सरकारले निगमलाई सो रकम दिन नसक्ने भन्दै अर्को साझेदार कम्पनी भित्र्याउन सुझाएका थिए ।
बुधबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीले पनि अर्थमन्त्रीको सुझाव बमोजिम साझेदार भित्र्याउने पक्षमा उभिएर निगमलाई अर्को साझेदार थप्ने बताए । –राजधानी दैनिकबाट










प्रतिक्रिया दिनुहोस्