२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


अब संविधान कार्यान्वयनमा कसैको बिमति छैन : ओली


0
Shares

                                                                        तस्वीर : रासस

नेपाल व्यवस्थापन संघको ३७ औं अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले निर्वाचनमा हार्ने र जित्ने सबै पक्ष संविधान कार्यान्वनको पक्षमा रहेकाले अब कुनै शंका नगर्न आग्रह गरे ।

नयाँ सरकार गठनको प्रकृया अघि बढिसकेको भन्दै उनले अबको सरकार जनताप्रति पूर्ण उत्तरदायी हुने दाबी गरे ।

अध्यक्ष ओलीले दिगो व्यवस्थापनले नै संघीय संरचनालाई बलियो बनाउन मद्दत पु¥याउने भन्दै स्थानीय तहको आर्थिक रुपान्तरण गर्नु आवश्यक भएको बताए ।