
नेपाल व्यवस्थापन संघको ३७ औं अधिवेशनको आइतबार काठमाडौंमा उद्घाटन गर्दै उनले देशको आकांक्षा, आवश्यकता र योजना विकास एवं समृद्धि नै भएको बताए ।
लगानी गर्न चाहने लगानीकर्ताको फाइल अगाडि बढाउन ढिलासुस्ती गर्ने वातावरण अन्त्य गरिने उनको भनाइ छ ।
दिगो व्यवस्थापनले नै संघीय संरचनालाई बलियो बनाउन मद्दत पु¥याउने भन्दै उनले स्थानीय तहको आर्थिक रुपान्तरण गर्न आवश्यक भएको बताए । नयाँ सरकार गठनको प्रकृया अघि बढिसकेको भन्दै उनले अबको सरकार जनताप्रति पूर्ण उत्तरदायी हुने दाबी गरे ।
गरिबी निवारण तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले विकास र समृद्धिको लक्ष्य हासिल गर्न पूर्वाधार क्षेत्रमा गुणस्तर कायम गर्नुपर्ने, विज्ञताको प्रयोग र निजी क्षेत्रको सहयोग आवश्यक पर्ने बताए ।
यस्तै संघले व्यवस्थापन क्षेत्रमा उत्कृष्ठ योगदान पु¥याएका दुई व्यक्तिलाई सम्मान गरेको छ । संघले यस वर्षको म्यानेजर अफ द इयरबाट एफ वान सफ्टवयेर इन्टरनेशनलका अध्यक्ष विश्वास ढकाल र आउटस्ट्याडिन्ङ्ग म्यानेजमेन्ट अवार्ड नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्