Logo २८ कार्तिक २०८२, शुक्रबार | Fri Nov 14 2025


नागा साधुको सेवा सुरु, झण्डै पाँच सय नागा बाबा पशुपति क्षेत्रमा प्रवेश


0
Shares

एकादशी बिहान आफ्ना कपडा खोलेर झण्डै ५ सय नागा बाबा पशुपति क्षेत्रभित्र प्रवेश गरेका छन् । गुठी संस्थानले एकादशीबाट नागा साधुको र द्वादशीदेखि अन्य साधुको सेवा गर्ने परम्परा छ । शरीरभरी विभूत घसेर नांगै उभिएका बाबा पशुपतिनाथ परिसरमा यत्रतत्र बसेका छन् ।

जोगीका चार सम्प्रदायमध्ये नागा सन्यासी अन्तर्गत पर्छन् । पशुपतिमा चारै सम्प्रदायका जोगी आउने गर्छन् । चार सम्प्रदायमा सन्यासी, वैष्णव, नानक र उदासी सम्प्रदाय पर्छन् । –कान्तिपुर दैनिकबाट