२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


गल्छी–त्रिशूली सडक अब दिउँसोमात्र बन्द


0
Shares

फागुन १ गतेदेखि सडक स्तरोन्नतिको कामलाई तीव्रता दिन भन्दै बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म बन्द गरिने भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ ।

यसअघि, गएको पुस १ गतेदेखि बिहान ६ बजेदेखि ९ बजेसम्म र बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द हुँदै आएको थियो ।

बिहानको समयमा काठमाडौं जानेको चाप बढी हुने भएकाले बिहानको सडक बन्द नगर्न नागरिक तथा यातायात व्यवसायीले माग गरेपछि सडक बन्द गरिने समय परिवर्तन गरिएको योजना प्रमुख सुवोधकुमार देवकोटाले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले बिहानको बन्द हटाएर दिउँसो एक घन्टा थप गरी सडक बन्द गरी निर्माणकार्यलाई अघि बढाउने निर्णय गरेको हो ।

सडक योजनाले यस अवधिमा वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेको छ ।

धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेसीसम्म ८२ किलोमिटर सडकमध्ये ४६ किलोमिटर क्षेत्र स्तरोन्नतिको काम भइरहेको छ ।

रु ९ अर्ब लगानी रहेको सो योजनाअन्तर्गत् सडकको दायाँ–बायाँ पर्खाल लगाउने र सडक विस्तारको काम भइरहेको छ । रासस