२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सत्ता हस्तान्तरणका लागि औंलामा गन्न सकिने दिनमात्रै बाँकी : उपप्रम थापा


0
Shares

केही दिनयता ७ नम्बर प्रदेशमा रहेका मन्त्री थापाले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सत्ता हस्तान्तरणका लागि औंलामा गन्न सकिने दिनमात्रै बाँकी रहेको बताए ।

उनले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम निर्वाचन आयोगले सोमबारै राष्ट्रपतिसमक्ष बुझाएमा फागुन २ वा ३ गते र परिणाम ३ गते बुझाएमा फागुन ४ वा ५ गते नयाँ सरकार बन्ने दाबी गरे ।

वर्तमान सरकारले समृद्धिका लागि ऊर्जा क्षेत्रको विकासलाई मुख्य प्राथमिकतामा राखेको उनले बताए ।

उनले १० वर्षमा १७ हजार मेगावट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार सरकारले कार्ययोजना अगाडि बढाएको जानकारी दिए ।

नवीकरणीय ऊर्जासम्बन्धी कार्यविधि पनि अगाडि बढाइएको उनको भनाइ थियो ।