२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सेयरबजार ओरालो लाग्नेक्रम थामिएन


0
Shares

यसदिन पनि बजार परिसूचक नेप्से साढे ४ अंक बराबरले ओरालो लागेर १३ सय ८० मा आइपुग्यो । विकास बैंक, व्यापार र अन्य समूह सामान्य अंकले हरियो रहेबाहेक अरु समूह ओरालो लागे ।

बिमा समूहमा सबैभन्दा उच्च ७३ अंकको गिरावट आयो । उत्पादनमूलक समूह पनि १४ अंकले झर्दा अरु समूह सामान्य अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीका ६ लाख ८४ हजार कित्ता सेयर जम्मा २५ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।