वीरगन्ज, मंसिर १९ । वीरगन्ज महानगरपालिकाका जनप्रतिनिधिहरुले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन जोड दिएका छन् ।
महानगरपालिकाले आयोजना गरेको गुणस्तरीय र व्यावसायिक शिक्षाको सबलीकरण विषयक छलफलमा जनप्रतिनिधिहरुले शिक्षाको गुणस्तरमा सुधार गर्दै विद्यालय पहुँचबाहिर रहेका बालबालिकाहरुलाईसमेत विद्यालयमा भित्र्याउन अभियान नै चलाउनुपर्ने सुझाव दिएका हुन् ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले बालबालिकाको भविष्यसँग सम्बन्धित विषयमा कुनै प्रकारको बहाना सह्य नहुने बताए ।
उनले कुनै प्रकारको दलगत र राजनीतिक क्रियाकलाप विद्यालयमा नगर्न सुझाव दिए ।
तीनपटकसम्ममा पनि विद्यालय व्यवस्थापन समिति गठन नभए महानगरपालिकाले सम्बन्धित वडाका जनप्रतिनिधि वा कार्यपालिकाले नै व्यवस्थापन समिति मनोनयन गरेर पठाउने कानुन बनाउने योजनामा रहेको उनले जानकारी गराए ।








प्रतिक्रिया दिनुहोस्