Logo २९ असार २०८३, सोमबार | Tue Jul 14 2026


चार मुलुकका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ आइतबार


0
Shares

काठमाडौं, मंसिर १९ । संसदीय सुनुवाइ समितिले विभिन्न चार मुलुकका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ आगामी आइतबार गर्ने भएको छ ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले भारतसहित चार देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ आइतबार गर्ने निर्णय गरेको हो ।

त्यसअघि यही मंसिर २१ गते शुक्रबार दिउँसो २ बजे राजदूत नियुक्तिको प्रक्रियाका विषयमा उजुरीकर्ताहरुसित छलफल गर्ने निर्णय समितिले गरेको छ ।

संसदीय सुनुवाइ समितिले सार्वजनिक सूचनामार्फत् उजुरी आह्वान गरेकोमा एउटामात्र उजुरी परेको छ ।

सरकारले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, युएईका लागि कृष्ण ढकाल र इजरायलका लागि अन्जान शाक्यलाई सिफारिस गरेको छ ।

पूर्वराजदूतहरुसित छलफल गर्ने निर्णय

बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले राजदूत नियुक्तिका समग्र विषयका सन्दर्भमा पूर्वराजदूतहरुसित छलफल गर्ने निर्णय पनि गरेको छ ।

राजदूत नियुक्तिको आधार, नियुक्तिको प्रक्रियालगायतका विषयमा छलफलका लागि समितिले २१ गते बिहान ११ बजे पुस्करमानसिंह राजभण्डारी, रामभक्त पीभी ठाकुर, प्रल्हादकुमार प्रसाइँ र निरन्जनमान सिंहलाई बैठकमा बोलाउने निर्णय गरेको छ ।