Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


फागुन ३ गते मुख्यमन्त्रीको शपथ लिन्छु : राई


0
Shares

मंगलबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कारमा उनले भने–‘आफू नेतृत्वको प्रदेश सरकारले भ्रष्टाचारकोविरुद्धमा कठोर कदम चाल्ने तथा भ्रष्टाचारलाई शून्यमा झार्नेछ ।’

नेता राईले आफूले फागुन ३ गते प्रदेश नम्बर–१ को मुख्यमन्त्रीको शपथ लिने बताउँदै सोही दिन सानो मन्त्रिपरिषद बनाउने जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्ने बताउँदै उनले यही आधारमा एमाले र माओवादी केन्द्रबीच एकता हुने धारणा व्यक्त गरे ।

नेता राईले भने–‘दुई पार्टीबीचको एकताबारे अब शंका गर्ने कुनै ठाउँ छैन, एमाले अध्यक्ष ओली अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्नुहुन्छ ।’

औद्योगिक विकास गरी प्रदेशलाई समृद्ध बनाउन नसकिने बताउँदै उनले प्रदेश नम्बर–१ को नामांकन र प्रदेशको स्थायी राजधानी प्रदेशसभाले तोक्ने बताए । रासस