
जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार गएराति करिब ७ः०० बजे लोहारपट्टी नगरपालिका–१ बगरा बस्ने उर्मिला यादव र उनका छोरा दुई वर्षीय आयुष यादव आफ्नै घर अगाडि बाटो काट्दै गरेका बेला लोहारपट्टी बजारबाट जनकपुर जाँदै गरेको ज१त ९१७३ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा छोरा आयुषको घटनास्थलमै मृत्यु भएको थियो ।
सोही दुर्घटनामा परी आमा उर्मिला यादव गम्भीर घाइते भएकी छन् भने उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रहरी उपरीक्षक कडायतले बताए ।
दुर्घटनापश्चात् प्रहरीले ठक्कर दिने ट्र्याक्टर र ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्