२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने एमालेको निर्णय


0
Shares

काठमाडौं, फागुन २ । नेकपा एमालेले भावी प्रधानमन्त्रीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गर्ने निर्णय गरेको छ ।

ललितपुरको मानभवनस्थित एक निजी घरमा बुधबार बसेको एमाले स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई आगामी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकमा अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ‘वान टु वान’ बैठकमा भएका छलफलका विषयमा जानकारी गराएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

पाण्डेकाअनुसार अध्यक्ष ओलीले सरकार गठन तथा पार्टी एकीकरणपछि अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी आलोपालो गर्ने विषय बैठकलाई जानकारी गराएका थिए ।

एमाले स्थायी समितिको बैठक सकिएलगतै एमाले अध्यक्ष ओली र माओवादी केन्द्र अध्यक्ष दाहालबीचको वान टु वान बैठक सुरु भएको छ । सो बैठक सकिएलगतै पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ । रासस