२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


अख्तियारको कार्यवाहक प्रमुख आयुक्तमा घिमिरे


0
Shares

काठमाडौं, फागुन २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी आयुक्त नवीनकुमार घिमिरेले बुधबारदेखि सम्हालेका छन् ।

उनी वि.सं. २०७१ साल चैत १९ गते आयोगको आयुक्तमा नियुक्त भएका थिए ।

घिमिरेले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०५३ को दफा २० बमोजिम कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेको आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वि.सं. २०७४ जेठ ८ गतेदेखि प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका दीप बस्न्यात उमेरहदका कारण फागुन १ गतेबाट अवकाश पाएका थिए । रासस