१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


शंकर पोखरेल प्रदेश–५ को मुख्यमन्त्रीमा नियुक्त


0
Shares

केशव भण्डारी (इमेज)
बुटवल, फागुन २ । प्रदेश नम्बर–५ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश–५ का संसदीय दलका नेता शंकर पोखरेल नियुक्त भएका छन् ।

निर्वाचनअघि नै प्रदेश–५ को मुख्यमन्त्रीकोरुपमा चर्चा पाएका पोखरेलले गत माघ २८ गते दाबी पेस गरेका थिए ।

प्रदेश–५ का प्रदेशप्रमुख उमाकान्त झाले बुधबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

८७ सदस्यीय यो प्रदेशसभामा एमालेका ४१ र माओवादी केन्द्रका २० गरी ६१ सांसदको पोखरेललाई समर्थन रहेको छ ।

उनले बिहीबार (भोलि) शपथग्रहणलगत्तै प्रदेश सरकार गठनसमेत गर्ने जनाइएको छ ।