२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


महाराजगंजस्थित शिक्षण अस्पताल अगाडि मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु


0
Shares

काठमाडौं, फागुन ३ । काठमाडौंको महाराजगंजस्थित शिक्षण अस्पताल अगाडि गएराति सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार राति साढे १ बजे रोकीराखेको ना६ख ५२१६ नम्बरको ट्रकमा बा७३प १८८२ नम्बरको मोटरसाईकल ठोक्किदा चालकको मृत्यु भएको छ ।

मोटरसाईकलमा पछाडी सवार व्यक्ति भने गम्भिर घाईते भएका छन् ।

दुर्घटनामा काठमाडौं बुढानिलकण्ठका २१ बर्षीय सन्तोष कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार परिचय खुल्न नसकेका घाईते अन्दाजी २० बर्षीय युवकको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।

दुवै सवारी साधनलाई महाराजगंज वृत्तले नियन्त्रणमा लिएको छ भने ट्रक चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । तीव्रगतिमा आएको मोटरसाइकल अनियन्त्रित भइ ट्रकमा ठोक्किएको हो ।

घाइतेको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल र ट्रक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।