
काठमाडौं, फागुन ३ । राष्ट्रिय संग्रहालयले बिहीबार ७९औं स्थापना दिवस मनाएको छ ।
काठमाडौंको छाउनीस्थित संग्रहालयले स्थापना दिवसका अवसरमा ‘राष्ट्रिय संग्रहालय कला सम्पदा भाग १’ नामक पुस्तकसमेत सार्वजनिक गरेको छ ।
कार्यक्रममा पुरातत्व र संस्कृति विज्ञहरुले इतिहास बोकेको संग्रहालयलाई अझ विस्तार र प्रचार–प्रसार गर्नुपर्ने सुझाव दिए ।
नेपालको पुरानो राष्ट्रिय संग्रहालयमा प्राचीन हातहतियार, वस्त्र, सिक्का तथा प्राचीन राजाहरुले प्रयोग गर्ने सामग्रीलगायत छन् ।
तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले वि.सं. १९२८ मा आफ्नै निवासमा निर्माण गरेको संग्रहालयमा रहेका मुख्य तीन भवन जुद्ध कारीगरी कलाशास्त्र, बुद्ध कारीकारी कलाशास्त्र र ऐतिहासिक संग्रहालय भवनमा भूकम्पका कारण क्षति पुगेको थियो ।
क्षति पुगेका भवनको पुनःनिर्माण अबको डेढ वर्षभित्र गरिसक्ने योजना रहेको संग्रहालयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए ।
पुरातत्व विभागअन्तर्गत् निर्माण थालिएको भवन पुनःनिर्माणका लागि ५ करोड रुपैयाँ रकम विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्