Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु


0
Shares

दाङ, फागुन ३ । लमही नगरपालिका–६ स्थित घोराही–लमही सडकखन्डको वेल्दमारमोडमा बसको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो काठमाडौंबाट तुलसीपुर जान लागेको ना६ख २३३१ नम्बरको बसले घोराहीबाट लमही आउँदै गरेको रा४प २९९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको लमही वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।

मृत्यु हुनेमा लमही नगरपालिका–६ देउपुर निवासी १९ वर्षीय मीनराज न्यौपाने र घोराही उपमहानगरपालिका २१ वर्षीय मञ्जित गुप्ता रहेका छन् ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस