
प्रदेश नम्बर ४ का मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश नम्बर ६ का मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज शपथका साथ पदभार ग्रहण गर्दै छन् । प्रदेश नम्बर ४ का मूख्यमन्त्री गुरुङ र सभामुख नेत्रनाथ अधिकारीको शपथ आज बिहान हुँदैछ । मूख्यमन्त्रीको शपथसँगै प्रदेश मन्त्रिपरिषदको गठनको तयारी गरिएको छ ।
प्रदेश ४ मा एमालेले ५ र माओवादीले २ मन्त्री लिने समझदारी बनेको जनाइएको छ ।
प्रदेश ७ का मूख्यमन्त्री त्रिलोचन भट्टले भने शनिबार शपथ लिने कार्यक्रम छ ।
प्रदेश नम्बर १, २ र ५ मा बिहीबार नै मुख्यमन्त्रीको शपथ र मन्त्रिपरिषद गठन भइसकेको छ भने प्रदेश ३ मा त्यसअघि नै सरकार गठन भइसकेको छ ।
स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनाव भएपछि नेपाल औपचारिक रुपमा संघीयतामा प्रवेश गरेको हो । प्रदेश नम्बर १ मा शेरधन राई, २ मा लालबाबु राउत, ३ मा डोरमणि पौडेल, ४ मा पृथ्वीसुब्बा गुरुङ, ५ मा शंकर पोखरेल, ६ मा महेन्द्रबहादुर शाही र ७ मा त्रिलोचन भट्ट मूख्यमन्त्री बनेका हुन् ।
प्रतिक्रिया दिनुहोस्