
काठमाडौं, मंसिर १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान कार्यशैली बदल्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएको लगभग १५ दिन बित्न लागेको छ ।
प्रधानमन्त्री ओलीले बजेटमार्फत् विनियोजन गरिएको पुँजीगत खर्चको रकम पहिलो चौमासिकमा लक्ष्यअनुसार खर्च हुन नसकेकोमा सबै मन्त्रालयसँग कारण माग गरेका थिए ।
प्रधानमन्त्री ओलीले बजेट र नीति तथा कार्यक्रममा भएका कार्यक्रमलाई छिटो कार्यान्वयन गर्न र पहिलो चौमासिकमा पूरा हुन नसकेका लक्ष्यलाई अर्को चौमासिक समीक्षासम्म पूरा गर्न निर्देशन दिएअनुसार काम–कारबाही अघि बढिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता विनोद कुँवरले जानकारी दिए ।
उनले केही मन्त्रालयले अन्य मन्त्रालयमा पठाउनुपर्ने केही कागजातहरु अड्किनुको कारणसमेत खुलाइ जानकारी गराउने गरेको बताए ।
सरकारले सबै मन्त्रालयको चौमासिक समीक्षा गर्ने योजनाअनुसार गत मंसिर ५, ६ र ८ गते मन्त्रालयहरुको समीक्षा गरिएको थियो ।
सरकारले मन्त्रालयका कार्यक्रम कार्यान्वयनको अवस्थाबारे मासिकरुपमा इन्टरनेटमा ‘अपलोड’ गर्न लगाइ एपमार्फत् पनि अनुगमन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्