२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


प्रदेश नं ५ लाई अब्बल प्रदेशको रुपमा विकास गर्छौं : नवनियुक्त मन्त्री चौधरी


0
Shares

नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) सुनवलस्थित शहीद विष्णु पाण्डेको शालिकमा माल्यार्पण कार्यक्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

यस प्रदेशलाई भौतिक पूर्वाधारको हिसाबले स्तरोन्नति गरी चौतर्फी विकास गर्दै देशकै नमूना र सवल प्रदेशको रुपमा विकास गरिने उनले बताए ।

प्रदेश नं ५ का नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री चौधरी नवलपरासी– (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ बाट निर्वार्चित सदस्य हुन् ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम( सरावल–१ पथरहैया गाउँमा २०२२ साल असार १४ मा जन्मिएका चौधरी इन्जिनियरिङ पेशाबाट राजनीतिमा प्रवेश गरेका हुन् ।

नेकपा एमालेको वैकल्पिक केन्द्रीय सदस्य उनी यसअघि जिल्ला विकास समितिको सभापति भएका थिए । (रासस)