नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा निजी निवास सर्न लागेका हुन् ।
गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बस्दै आएका थिए ।
उनी शुक्रबार दिउँसो बूढानीलकन्ठस्थित निजी निवास सर्न लागेको उनका स्वकीयसचिव केशवराज जोशीले जानकारी दिए । रासस









प्रतिक्रिया दिनुहोस्