
गत माघ २६ गते सचिव यादव सवार बा२झ ३१४० नम्बरको जिप धादिङको मलेखुनजिकै त्रिशूली नदीमा खस्दा उनका छोरा बेपत्ता भएका थिए ।
सचिव यादव र उनीसँगै जिपमा सवार उन्नति गुप्ताको शव भने प्रहरीले सोही दिन नदीबाट निकालेको थियो ।
२२ वर्षीय सन्तोषको शव बेनिघाट–रोराङ गाउँपालिका वडा नम्बर–५ स्थित त्रिशूली नदीको किनारामा फेलापरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक निरन्जन यादवलाई भने सोही दिन घाइते अवस्थामा उद्धार गरिएको थियो । दुर्घटनाका समयमा जिप सचिव यादवले नै हाँकेका थिए । दुर्घटनामा परेको जिप कपिलवस्तुबाट काठमाडौंबाट जाँदै थियो ।
प्रतिक्रिया दिनुहोस्