१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


सिन्धुलीमा जिप दुर्घटना, चारजनाको मृत्यु, १८ घाइते


0
Shares

मृत्यु हुनेहरुमा सिन्धुली, गोलान्जोर गाउँपालिकाका नवराज थापा, लक्ष्मी देवकोटा, युवराज लुंगेली र रेशम कार्की छन् ।

बा११च २२७५ नम्बरको जिप सिन्धुलीको माडीबाट गोलान्जोर गाउँपालिका जाँदै गर्दा सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख टिकाबहादुर केसीले जानकारी दिए ।

दुर्घटनामा अरु १८ जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये केहीलाई उपचारका लागि काठमाडौं पठाइएको छ भने केहीको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ ।

जिपमा ३५ जना सवार रहेको प्रहरीले जनाएको छ ।